शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

मंगलबार, असोज १६ २०८०

रुपन्देही । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन्

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’

स्थानीय प्रशासनले सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै बाँकेको नेपालगञ्जमा कर्फ्यू  लगाएको छ ।