काठमाडौं- २०८० सालको दशैं–तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ । यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन् । सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफारका साथ आफ्नो घरमा ल्याउन सक्छन् । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन् ।
होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन् । ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन् । सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक), ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको सामसङको साथ तपाईँ विश्वस्त हुन सक्नुहुन्छ कि सामसङ रेफ्रिजरेटरहरूले तपाईँको घरहरूमा स्टाइल र सुविधा ल्याउनेछन् । मौसमले आवश्यकताहोस् या कुनै पनि खानको आवश्यकतामा डबल डोर वा सिंगल डोर ५–इन–१ कन्भर्टेबल फ्रिजले तपाईँलाई जहिल्यै तयार राख्छ, र साइड–बाई–साइड फ्रिजले तपाईको घरलाई अझ सुविधायुक्त बनाउँछ र यी सबै फ्रिज ग्राहकहरूले आकर्षक क्यासव्यक अफरका साथपाउन सक्नुहुन्छ ।
एआइ इकोबबल घर ल्याई यसको इन्टेलिजेन्ट वास र पावरफुल क्लीनको कमाल आफ्नै आँखाले हेर्नुहोस्, इकोबबलको फ्रन्ट–लोड र टप–लोडका वाशिङ मेसिनहरूमा रहेको आकर्षक क्यासव्यक अफरको साथमा। यसको साथै कम्पनीले फ्रिजको डीआइटिकम्प्रेसर र वाशिङ मेसिनको डीआइटिमोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित शुन्य प्रतिशत ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ । अर्कोस्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाकोपनि फाइदा उठाउन सक्ने छन् । मङ्सिर ४,२०८० सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।
सामसङ इलेक्ट्रोनिक्स को. लि.को बारेमा
सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनः परिभाषित गर्दछ ।