काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ थापाटार (लप्से) बस्ने घनश्याम गजुरेलको कटेरोमा बिहीबार साँझ लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा अन्नपात, काठ, जस्ता, भाडाबर्तन लगायतका समान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ जोगिनिया भागवती टोल बस्ने रोहित रामको घरमा शुक्रबार बिहान लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा घर, अन्नपात, लताकपडा, फर्निचर लगायतका सामान जलेर करिब ६ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।