काठमाडौं – काठमाडौं महानगरपालिका–३२ स्थित निखिलेश्वर मन्दिर नजिक डेरा गरी बस्ने रामेछाप खाडादेबी गाउँपालिका–२ घर हुने शान्ता कार्कीको कोठाबाट कोही नभएको अवस्थामा तल्चा फोडी नगद २५ हजार रूपैयाँ र तिलहरी २ थान समेत गरी करिब १ लाख ३३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।’
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।