शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इण्डो-प्यासिफिक सेना प्रमुख सम्मेलनमा भाग लिइ प्रधानसेनापति स्वदेश फिर्ता

शुक्रबार, असोज १२ २०८०

काठमाडौं । पाँच दिने भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरेका थिए ।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

असोज ८ देखि १० गतेसम्म इण्डो-प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीको सहभागिता थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्ला-बेग्लै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।