शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

२८ वर्षीया युवती बलात्कार गर्ने १३ वर्षीय बालक पक्राउ

मंगलबार, असोज ९ २०८०

बझाङ । बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।