शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

बिहिबार, असोज ४ २०८०

धनगढी । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन्।उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

डडेल्धुरा प्रहरीकाअनुसार उनीहरु गएको वैशाख ५ र १२ गते एक युवतीलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ।