शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चट्याङ लागेर एक जनाको मृत्यु

बिहिबार, भाद्र २८ २०८०

ताप्लेजुङ – मेरिङदेन गाउँपालिका–६ बिब्लाटे बस्ने १६ वर्षीय फुर्बा शेर्पाको चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित जंगलमा चौरी गोठाला गई गोठमा फर्किने क्रममा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।