काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१४ प्रगति टोलस्थित खगेरी नहरमा सोही महानगरपालिका–१४ कुम्भे चोक बस्ने ८० वर्षीय आइतराम बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–१० सिम्लेभज्याङस्थित लेक बहादुर नेपालीको खाली घरको दोस्रो तलामा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१८ सौराहास्थित सामुदायिक वनको खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोका खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।