शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पोखरीमा डुबेर मृत्यु

बिहिबार, भाद्र २८ २०८०

बारा – कलैया उपमहानगरपालिका–११ घोघलरीयास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने सरमोज साहको छोरा ९ वर्षीय गोलु साहको बिहीबार बिहान मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।