नवलपरासी पूर्व – हुप्सेकोट गाउँपालिका–३ चरङ्गे धर्मचोक बस्ने मिना थाल मगरको पुरानो घरमा थप कोठा निर्माण गर्ने क्रममा करेन्ट लागेर रौतहट वृन्दावन नगरपालिका–२ बस्ने ६५ वर्षीय बिखुर मुखियाको बिहीबाट दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।