बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

महिन्द्रा पावरोलका ग्राहकहरूलाई फ्री सर्भिस कुपन

आइतबार, भाद्र १० २०८०

काठमाडौं – महिन्द्रा पावरोल डिजेल जेनरेटरहरू, जुन महिन्द्रा समूहको अटोमोटिभ एण्ड फार्म इक्युपमेन्ट सेक्टर्स अन्तर्गत पर्दछ, यही भाद्र ४ मा सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड,सर्भिस हेड लगायतको सहभागिता रहेको थियो । अन्य सहभागीहरूमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिकहरूको सहभागिता थियो ।

यसै कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ पनि गरिएको थियो । यो सेवा कूपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकहरुले निःशुल्क श्रम सेवा तथाप्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरू को फाइदा लिन सक्नेछन् । भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउदै लैजाने योजना बनाएको छ ।

महिन्द्रा पावरोलले भारतको दूरसञ्चार क्षेत्रमा सबैभन्दा मनपर्ने जेनसेट ब्रान्ड, पावर ब्रान्ड र पछिल्लो सुपरब्रान्डको रुपमा फ्रोस्ट एन्ड सुलिभान “भ्वाइस अफ कस्टमर“ अवार्ड जस्ता धेरै पुरस्कारहरू पनि जितेको छ । टेलिकम बाहेक, महिन्द्रा पावरोल डीजी सेटहरूले विश्वव्यापी बजारहरूमा तथा नेपाली बजारमा विभिन्न प्रकारका उद्योगहरू र अन्य क्षेत्रहरु जस्तै बैंक, भवन र निर्माण, सार्वजनिक निकाय, अस्पतालहरू, होटलहरू, व्यक्तिगत घरहरूका ग्राहकहरूलाई निरन्तर पावर तथा सेवा प्रदान गरिरहेको छ ।

अग्नि मोटोइंक, नेपालमा महिन्द्राका गाडी तथा ट्रयाक्टरका आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको भगिनी संस्था हो । अग्नि मोटोइंकको देशभर डिलर र शाखाहरू सम्मिलित बृहत संजाल रहेको छ ।