बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कति छ आज सुनचाँदीको बजार भाउ ?

सोमबार, भाद्र ४ २०८०

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ स्थिर रहेको छ । महासंघले सोमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला  १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।