शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बुधबार, साउन ३१ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए।