काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक तथा नायक यश कुमारको पछिल्लो नयाँ गीत ‘सुस्तरी’ ले मन छोएको बताएका छन् ।
गायक यशकुमारको म्युजिक भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमा शेयर गर्दै ओलीले आफूलाई गीत एकदमै मन परेको बताएका छन् ।
ओलीले लेखेका छन्,’कलाकार यश कुमारको ‘सुस्तरी’ ले सुस्तरी होइन, एकै पटक मन छोयो। नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा !!!’
अध्यक्ष ओलीले एकपटक सबैलाई गीत हेर्न पनि भनेका छन् ।
यशकुमार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडिओमा नगर प्रहरी र सडक व्यापारी (मकैवाली)को मर्मस्पर्शी प्रेमकथा देखाइएको छ।
भिडियो