काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा एसपी कुमोद ढुंगेल नियुक्त भएका छन्। यही साता मात्र परिसरमा हाजिर भएका एसपी ढुंगेललाई बिहिबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रवक्ता रहेका एसपी सिताराज रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा सरुवा भएपछि परिसरमा ढुंगेललाई पठाइएको हो ।