शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सात थान भरूवा बन्दुक बरामद

मंगलबार, साउन १६ २०८०

रुकुम पश्चिम – मुसिकोट नगरपालिका–७ ग्याम खोलास्थित ओढारबाट वेवारिसे अवस्थमा रहेको भरुवा बन्दुक ७ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्दा ओढारमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।