दाङ । दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया बृद्धा महिलामाथि सामुहिक बलात्कार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी बसपार्क पुगेर दुईजना युवालाई पक्राउ गरेको छ।
बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।