बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

आइतबार, असार ३१ २०८०

काठमाडौं – मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे र चोखेपानीको बिचमा पर्ने कालिगण्डकी नदीको किनारमा बागलुङ ढोरपाटनन नगरपालिका–५ बस्ने ४५ वर्षीय ओम प्रसाद सिरपाली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको गौरादह नगरपालिका–९ स्थित किस्ने खोलामा सोही नगरपालिका–२ बस्ने आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरिया शनिबार मृत अवस्थामा फेला परेका छन् । किस्ने खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरादह र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

काभ्रेको रोशी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका–५ को सिमानास्थित रोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–४ अस्नैया बस्ने किसन शाहीको छोरा ७ वर्षीय लक्ष्मण शाही सोही गाउँपालिका–४ भैरवघाटस्थित कञ्चन खोलाको नहरको जालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ कामी टोल बस्ने ४० वर्षीय उद्वव बुढाथोकी सोही ठाउँस्थित उखुबारी नजिकै शनिबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका–८ ज्याक्दिघाटस्थित कालिगण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।