बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

आइतबार, असार २४ २०८०

रोल्पा – रोल्पा नगरपालिका–४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।