बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

डुबेर तीन जनाको मृत्यु

आइतबार, असार २४ २०८०

काठमाडौं – सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित बाके खोलामा तटबन्धनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने नागेन्द्र महतोको छोराहरु १२ वर्षीय प्रिन्स महतो र १० वर्षीय दिपु महतो रहेका छन् । डुबेर अशक्त भएका उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको मायादेवी गाउँपालिका–२ तिलौरी बस्ने ५५ वर्षीय बिक्रम लोहारको सोही ठाउँस्थित सार्वजनिक माछा पोखरीमा डुबेर शनिबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।