बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्र बैंकद्धारा पुन २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी :

मंगलबार, असार १९ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले पुन २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गरेको छ । मंगलबार अपरान्ह तीन बजेसम्ममा १० दिने अवधिको उक्त परिमाणको रिर्भस रिपो जारी गरिएको राष्ट्र बैंकको भनाई छ । रिर्भस रिपो खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिएका थिए । रिर्भस रिपोको परिपक्व हुने अवधि १० दिन अर्थात यही असार २९ गते तोकिएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्न रिपो जारी गर्ने गरेको राष्ट्र बैंकले बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि रिभर्स रिपो जारी गर्ने गरेको छ । मंगलबार जारी भएको रिर्भस रिपो पनि सोही प्रकृतिको भएको राष्ट्र बैंकको भनाई छ ।