बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई पाँच दिनको म्याद

आइतबार, असार १७ २०८०

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।