बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

थप रु. ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २४.६६ अर्बको नवीकरण गर्ने

आइतबार, असार १७ २०८०

 

काठमाण्डौ । सरकारले थप ५ अर्ब रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २४ अर्ब ६६ करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार १८ गते) कुल २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। जसमा ५ अर्ब रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २४ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँको नवीकरण गरिनेछ।

केन्द्रीय बैंकले असार १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब रुपैयाँ ९१करोड ६५ लाख ५ हजार रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन १६ गते, असोज १६ गते, पुस १७ गते र २०८१ असार १९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो