बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

ललिताविवास जग्गा प्रकरण : सर्वोच्चद्वारा कारण देऊ आदेश

शुक्रबार, असार १५ २०८०

काठमाडौँ– सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको इजलासले धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङलाई पक्राउ गर्नुको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको नाममा आज आदेश जारी गरेको हो ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गौतम, शाह र गुरुङ सर्वोच्च पुगेका थिए ।