काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताए।
आईतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले यस्तो बताएका हुन्।
ओलीले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए।
उनले पार्टी किन विभाजनसम्म पुग्यो? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो? त्यसको विश्लेषण जरुरी रहेको बताए।