बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खेलाडीलाई सान्त्वना दिँदै ओलीले भने : नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला!

आइतबार, असार १० २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमका खेलाडी सँगसँगै खाना खानेगरि भेट्ने बताएका छन् ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपाल पराजित बनेपछि अध्यक्ष ओलीले सान्त्वना दिँदै भनेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन।’

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपाल पराजित बने पनि खेलाडीहरुलाई निराश नबन्न उनले सुझाएका छन् ।

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा पराजित बनेका विषयमा अध्यक्ष ओलीले, ‘मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ।’भनेका छन् ।

आफूँले हिजोको खेल लाइभ हेरेको उल्लेख गर्दै एउटा असफलता यात्राको अन्त्य  नहुने बताउँदै अध्यक्ष ओलीले आज सामाजिक संजाल फेसबुकमा लेखेका छन्-

यात्रा जारी छ !
हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं। मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।