बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सहज च्यालेन्ज फण्डद्धारा वातावरणीय पहलहरु सम्बन्धि सेवा प्रदायकलाई आवेदन आवहान

शनिबार, असार ९ २०८०

काठमाडौं – सहज च्यालेन्ज फण्ड– ४ र ५ अन्तर्गत नविनतम नयाँ उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय र वातावरणीय पहलहरु सम्बन्धि सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आवहान गरेको छ । फण्डले बिहिबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो ।
सहज च्यालेन्ज फन्डको चौथौं र पाँचौ चरणको पत्रकार सम्मेलन शुक्रबार काठमाण्डौको आरान्या बुटिक होटलमा भएको छ । जहाँ विभिन्न संचार माध्यमहरू, विषयगत विशेषज्ञहरु, स्विस कन्ट्याक्ट, सिप्रड, र प्राक्टिकल एक्सन क्न्सल्टिंगका प्रतिनिधिहरू एकत्रित भएका थिए । सहज च्यालेन्ज फन्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य श्रृङ्खलाहरुमा विद्यमान अवरोधहरु समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलहरुका सेवाहरु प्रदान गर्ने सेवा प्रदायकहरुलाई सहयोग गर्नेछ । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रम (एन.ए.एम.डी.पी.) का टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, एन.ए.एम.डी.पी, सहज च्यालेन्ज फण्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन सहज च्यालेन्ज फन्डको महत्वको बारेमा जानकारी दिईन ।

श्रेष्ठले च्यालेन्ज फण्डको पहिलो राउण्ड लॉजिस्टिक्स र दोस्रो राउण्ड डेरीमा कसरी केन्द्रित छ भन्ने बारेमा पनि वर्णन गरिन्। एन.ए.एम.डी.पी.की कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले उत्पादन विकास तथा गुणस्तर सुधारद्वारा सुधारिएको कृषि गतिविधिहरुका सान्दर्भिकताको बारेमा विस्तृत जानकारी दिईन । सुभेच्छा श्रेष्ठले पनि यस राउण्ड–४ ले प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधीकरणलाई कसरी सहयोग गर्ने भन्ने कुरा बताईन । उनका अनुसार चुनौतीले उत्पादन निर्माण र गुणस्तर सुधारको लागि परामर्श सेवाहरू प्रदान गर्ने कम्पनीहरूलाई समर्थन गर्नेछ । यसैगरि एन.ए.एम.डी.पी.का गैर कृषि सेवा प्रबन्धक ब्रजेश मल्लले कृषि क्षेत्रमा विद्यमान चुनौतीहरुको व्याख्या गर्दै जलवायु र वातावरणीय पहलहरुको दिगो समाधानको विषयवस्तुमा जानकारी दिए । मल्लले च्यालेन्ज फण्डले जलवायु र वातावरणीय रूपमा दिगो अभ्यासहरूमा सहयोग गर्ने कम्पनीहरूको प्रकारमा स्पष्टता ल्याए । परियोजनाका उत्पादन विकास तथा गुणस्तर सुधार विज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौति र सम्भावित समाधानका बारेमा बताए । परियोजनाका पर्यायवरणीय तथा वातावरणीय पहलहरुका विज्ञ विपिन थापाले यस सहज च्यालेन्ज फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बारेमा कुरा गरे । सहज च्यालेन्ज फण्डले पाँच लाख देखि ५० लाख रुपैंयाँ सम्मको रकम सहयोग गर्नेछ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिनेछ । सहज च्यालेन्ज फण्डको चौथो चरणमा उपकरण तथा मेशिनेरी खरिदका लागि सहयोग दिइनेछैन भने पाँचौ चरणमा सहज च्यालेन्ज फण्डबाट प्राप्त हुने सहयोगबाट तीन सय पाँच उपकरण तथा मेशिनेरी खरिदका लागि प्रयोग गर्न सकिनेछ ।

यस च्यालेन्ज फण्डका लागि २०८० श्रावण ७ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिनेछ । सहज च्यालेन्ज फण्डले आयोजना गरेको यस पत्रकार सम्मेलनमा विभिन्न छेत्रका पत्रकार र सरोकारवालाहरुलाई एकीकृत गरि सान्दर्भिक जानकारी गराउँदै धेरै भन्दा धेरै सेवा प्रदायकलाई आफ्ना नविन विचारलाई सफल व्यवसायको रूपमा विकास गर्ने अवसरको बारेमा सचेत गराउने काम गरियो । आवेदकको माग अनुसार अनुकूलित बित्तिय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरुमा पहुच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्धनमा योगदान पु¥याउने लक्ष्य राखेको छ