याङवरक गाउँपालिका–५ गुवापानी बस्ने १९ वर्षीय सुमन काम्बाङको सोही ठाउँस्थित बाङ्गे पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल पाँचथरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।