बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

बिहिबार, असार ७ २०८०

काठमाडौँ – पाटन उच्च अदालतले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

काठमाडौँ महानगरपालिकाले बिहीबार अकस्मात रोकेको मेला सञ्चालन गर्न दिन उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

महानगरले रिजल्ट नै सार्वजनिक नभइ विद्यार्थी भर्ना सुरु गरेको भन्दै हस्तक्षेप गरेको थियो।

मेला सञ्चाकहरुले महानगरविरुद्ध १५ करोड क्षतिपूर्ति माग गर्दैै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले रिट दायर गरेको थियो।

निजी शैक्षिक संस्थाको साझा सञ्जालमा आबद्ध नौवटा संघसंस्थाले आइतबार संयुक्त पत्रकार सम्मेलनमार्फत क्षमायाचना तथा क्षतिपूर्तिसहित मेला सञ्चालन गर्न दिन माग गरेका थिए।