बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिए राजीनामा

बुधबार, असार ६ २०८०

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहको शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजिनामा दिएकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमा असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएको जानकारी गराएकी हुन् । मेयर बालेनसँग विविध विषयमा ढुंगाना पहिलेदेखि नै असन्तुष्ट हुँदै आएको बुझिएको छ । पछिल्लो समय काठमाडौंको भृकुटीमण्डपमा भइरहेको शिक्षा मेलालाई नगर प्रहरी लगाएर बन्दा गरेपछि ढुंगाना झनै असन्तुष्ट भएकी थिइन् ।