बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, असार ६ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी हुँदा भवनको दोस्रो तलामा रहेको सोही महानगरपालिका–१६ नयाँ बजार बस्ने छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमासमेत आगलागी हुँदा पसलमा रहेको कपडाहरु पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–३ लामादी बस्ने तुलसी तामाङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदीका विभिन्न गहना, नगद, चौपाया गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ टोर्के खोला बस्ने ५० वर्षीय सुक बहादुर भुजेलको घरमा मंगलबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा, सुनका गहना लगायतका सामान जलेर करिब १२ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।