ब्याँस नगरपालिका–७ नाराङगा बस्ने राजु कडेलको घरबाट कोही नभएको अवस्थामा ढोका फोडेर नगद १ लाख ४५ हजार रूपैयाँ, सुन तथा चाँदीका गहना समेत गरी करिब १० लाख ५९ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संल्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।