बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण, टोबहादुर र सचिव पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङ १० लाख धरौटी माग

शुक्रबार, असार १ २०८०

काठमाडौँ – जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि आज यस्तो आदेश गरेको हो ।

त्यस्तै, न्यौपानेको इजलासले लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।