काठमाडौं – एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत लाजिम्पाट, काठमाण्डौमा कार्पोरेट कार्यालय रहेको अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई क्यापिटलको “आईडिया टु आईपिओ” सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा, प्राईभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्थागरिदिने सहित अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई आगामीदिनमा आईपिओ जारी गर्ने चरणमा पु¥याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवाप्रदान गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र अगम फूड इण्डष्ट्रि प्रा.लि.बी मंगबार दुई पक्षिय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
अगम फूड इण्डष्ट्रि प्रा.लि. नेपालको सबैभन्दा ठुलो स्टीम राइस मिल उद्योग मध्ये एक हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमितरुपमा आफ्नो उत्पादन देशको विभिन्न भु–भागमा बिक्रीवितरण गर्दै आइरहेको छ । स्वदेशी किसानहरुबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाइ राष्टिय अर्थतन्त्रलाई बढोक्तरी दिने मुख्य उद्देश्यका साथ संचालन गरिएको अगम फूड इण्डष्ट्रिले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।