बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

मंगलबार, जेष्ठ ३० २०८०

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकहरुले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन । यसैगरी कन्चनरmप, सप्तरीमा अवस्थित एम डी हेल्थ केयरहस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट पाउने छन ।

यसैगरी बोदेबर्साइन, सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयरपोली क्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशत सम्म छुट पाउने छन भने कावाशोती, नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।