बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमति नदीमा जेठ २४ गते प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रुपमा उद्धार अभ्यास सम्पन्न भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा सम्पन्न अभ्यास कार्यक्रममा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रतिनिधी र भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्तरुपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।