बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ५१ पैसा र बिक्री दर १६४ रूपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसामा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसामा किनबेच हुने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा र साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५  पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।