बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले–रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहित रास्वपा र राप्रपाका सांसदको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गरे । तर, उनीहरुले मानेनन्, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आइतबार नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।