शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाको एकल निर्णयविरुद्ध गगनले संघर्ष गर्ने

शनिबार, जेष्ठ २० २०८०

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिबिरुद्ध संघर्ष गर्ने बताए ।

प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताए ।

उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गरे । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अव त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो¥याए । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाई थियो ।

महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गरे ।