काठमाडौं – भोजपुरको षडानन्द नगरपालिका–१ मजुवाबेशीस्थित सडकमा को.२ त ८४५५ नम्बरको ट्याक्टरमा बुधबार दिउँसो आगलागी हुँदा ट्याक्टर र ट्याक्टरमा रहेको खाद्यान्य सामान जलेर करिब ४१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मोरङको विराटनगर नगरपालिका–१२ कामतचौक बस्ने दिनेश कामतसमेत ३ जनाको घर र एक जनाको भान्सा घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।