काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसनिकट ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा बुधबार जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।



उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गरे । उनले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न कलाकारहरुलाई आह्वान गरे ।
पूर्व प्रदेश सांसद यादवसहित दर्जनौं नेता एमालेमा फर्किए
यस्तै एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा दर्जनौंलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टी प्रवेश गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
उक्त कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने जनाएका छन् ।
एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।