बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, जेष्ठ १७ २०८०

काठमडौं – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिम्बा आङबुङ टोल बस्ने गज बहादुर लिम्बु चोङवाङको घरमा ग्याँसको सिलिण्डर लिकेज भई मंगलबार राति आगलागी हुँदा घर, नगद, सुनचाँदी अन्नपात, लत्ताकपडा समेत गरी करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ दोलखाको भिमेश्वर नगरपालिका–३ ताथली बस्ने रमेश थापाको घरमा गएराति आगलागी हुँदा उक्त घर तथा सोही घरमा डेरा गरी बस्ने कालिन्चोक गाउँपालिका–२ बाबरे बस्ने सुन्दरी थामीको डेरा कोठामा रहेको नगद, लताकपडा, भाँडाबर्तन, अन्नपात, करिब ४ तोला सुन र घर समेत गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।