शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम माथि छलफल हुने

बुधबार, जेष्ठ १७ २०८०

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संसोधन प्रस्ताव माथी पनि आजवाट छलफल सुरु हुन लागेको हो ।