बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण :

भोलिदेखि अदालतमा प्रतिवादीको बयान, अभियुक्तहरुको सम्पत्ति रोक्का गर्न पत्राचार

बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट अदातलमा बयान सुरु हुने भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ ।

सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् ।

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का हुने भएको छ। प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेको छ।

उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको छ।