काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।
सर्वोच्च अदालतमा आफूविरुद्ध फेरि मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने दिग्दारी भएकाे बताएका हुन् । उनीविरुद्ध युवराज सफलले दायर गरेको मुद्दा बुधबार दर्ता भएको छ।
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउँदै उनले लेखेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने’ भन्दै उनले गैरराजनीतिक अभिव्यक्ति दिएका हुन्।
अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनस् कायम गराएको प्रष्ट्याएका छन् । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ ।
‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ’, रविले लेखेका छन् ।