काठमाडौं । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेपाली कांग्रेसबाट राजु खनाल र जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल अहिर मन्त्री बन्ने करिव पक्का भएको छ।
कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन अझै बाँकी छ।
कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक मन्त्रालय पाउने सहमति छ।
थपिएका मन्त्रीहरूलाई आज नै शपथग्रहण गराइने छ ।
लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।
मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।