शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बागमती प्रदेशमा मन्त्रालय फुटाएरै सत्ता गठबन्धनमा भागबण्डा

सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो ।

६ जना नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय तोकिएको छैन ।

सरकारमा नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय पछि तोकिने भएको छ ।

नेकपा एकीकृत समाजवादीका डा। राजेन्द्रमान श्रेष्ठले, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि मुख्यमन्त्री सहित नेकपा माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका २ जना मन्त्री भइसकेका छन् । बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ छ । मन्त्रीको संख्या १२ भएकाले एक मन्त्रालय फुटाइने भएको छ ।

एउटा मन्त्रालय विभाजन हुने बताइएको छ । मन्त्रालय विभाजनबारे बजेटपछि मात्र छलफल हुनेछ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने प्रचलन छ ।