काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
आफ्नो पार्टी अपराधि नउम्किने र निर्दोष कोही नफसोस् भन्दै उनले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताए ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई ढाकछोप गरिरहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भ्रष्टाचारविरूद्व इच्छाशक्ति देखाउन आग्रह गरे । भ्रष्टाचारविरूद्व सबैलाई साझा इच्छा शक्ति बनाउनुपर्ने उनले बताए । उनले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरे ।
‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ,’ अध्यक्ष ओलीले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकार अन्त्यसम्म पुग्न नसक्ने भन्दै अल्मल्याउने बाटोमा मात्रै सरकार रहेको उनको टिप्पणी छ ।