शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ओलीले संसदमा भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने भनेको सम्बोधन स्थगित

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने घोषणा गरिएको सम्बोधन प्रधानमन्त्रीसँग प्रश्नोत्तरका कारण स्थगित भएको छ । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

‘प्रधानमन्त्रीको प्रश्नोत्तरको दिन अन्य समय नराख्ने भन्ने अभ्यास रहेछ । त्यसैले अध्यक्षको सम्बोधन बिहीबार नहुने भयो, अर्को दिनमा गर्ने गरी स्थगित गरिएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने ।